जसपा विवाद उत्कर्षमा, उपेन्द्र समूहद्वारा भट्टराईमाथि कारबाही गर्ने निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहबीच केही समयदेखि जारी विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव समूहले त बाबुराम भट्टराईलगायत उनीपक्षीय केही नेतामाथि कारबाही गर्ने निर्णय नै लिएको छ ।
जसपाको यादवपक्षीय नेताको गएराति सम्पन्न बैठकले भट्टराईलगायत नेतामाथि कारबाही गर्ने निर्णय गरेको हो ।
बाबुराम भट्टराई र उनीपक्षीय केही नेताले पार्टी अनुशासनविपरीत काम गरेकाले कारबाही गर्ने निर्णय गरिएको जसपाका एक नेताले जानकारी दिए ।
यादव समूहको यो निर्णयलाई जसपा विभाजनका लागि चालिएको कदम ठानिएको छ ।
सहमतिमा पार्टी सञ्चालन गर्नुपर्नेमा त्यसो नगरी एकलोटी गरेको भन्दै भट्टराई पक्ष उपेन्द्र समूहसँग रुष्ट रहँदै आएको छ । पछिल्लो समय भट्टराई समूहले यादवबाट कार्यकारी अधिकार खोस्ने तयारी गरिरहेका छन् । यसका लागि यो समूहले हस्ताक्षर अभियान नै चलाइरहेको छ । पार्टीमा हाबी हुनेगरी भट्टराई समूहले गतिविधि सञ्चालन गरेपछि यादवले यस्तो कदम चालेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया