मैले जन्माएको पार्टी मेरै आँखा अगाडि समाप्त हुने खतरा भयो : वामदेव
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आगामी संघीय निर्वाचनसम्म नेकपा पुनर्गठन नभए कम्युनिष्ट आन्दोलन समाप्त हुने चेतावनी दिए ।
मंगलबार नयाँ पार्टी घोषणा गर्दै गौतमले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउनका लागि आफूले एकताको अभियान चलाएको दावी गरे ।
‘मैले जन्माएको पार्टी मेरै आँखा अगाडि समाप्त हुने खतरा मैले देखेँ । यस्तो अवस्थामा म चुपलागेर बस्न सकिन । जसले सूर्य देख्छ, उसैले पहिला उज्यालो देख्छ’, गौतमले भने, ‘निर्वाचन अघि वाम एकता नभए कांग्रेसले गठबन्धनको सहयोगमा बहुमत ल्याउँछ । अर्को निर्वाचनमा गठबन्धनबिनै बहुमत ल्याउँछ । कांग्रेसको हातमा सत्ता गयो भने कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ । देश अप्ठ्रो परिस्थितिमा पुग्छ ।’
नेकपाका तीन घटकलाई एक ठाउँमा ल्याउन आफूले तीन महिने अभियान सञ्चालन गर्ने बताए । कम्युनिष्ट पार्टी बाहेक अन्यले देश विकास गर्न नसक्ने गौतमले दावी गरे ।
नेकपा पुनस्र्थापनाका लागि पहल गर्न वामदेवलाई जिम्मेवारी दिने नेकपा एकता राष्ट्रिय अभियानको घोषणा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया