नेकपा पुनस्र्थापनाका लागि पहल गर्न वामदेवलाई जिम्मेवारी दिने नेकपा एकता राष्ट्रिय अभियानको घोषणा
काठमाडौं । वामदेव गौतमको नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियानले ७५ सदस्य केन्द्रीय कमिटी गठन गरेको छ । मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरेको हो ।
पार्टीको उदेश्य विघटित नेकपालाई पुनस्र्थापना गर्नु रहेको तत्काल एकता सम्भव नभए आगामी संघीय निर्वाचनअघि नै तीन घटकसँग कार्यगत एकता गरी वाम गठबन्धन बनाउने रहेको छ । त्यो पनि सम्भव नभए छुट्टै नयाँ पार्टी बनाएर लैजाने निर्णय गरेको छ ।
पार्टीको संगठनात्मक ढाँचा बहुपदीय हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । केन्द्रीय कमिटीलाई ६९ सदस्यबाट ७५ सदस्य बनाएको छ ।
दैनिक काम सञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टी एकताका लागि पहल गर्न गौतमलाई जिम्मेवारी दिइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया