पत्रकारमाथि वामदेवको प्रश्न : मेरो परिवारका सदस्यमाथि प्रश्न उठाउने तपाईं को हो ?
काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले आफ्नो श्रीमती र छोरालाई केन्द्रीय सदस्य बनाएकोप्रति प्रश्न उठाएकोमा आक्रोस पोखेका छन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको संरक्षण, विकासका लागि आफ्नो श्रीमतीको योगदान रहेको जिकिर गरेका छन् । मंगलबार नयाँ पार्टी घोषणा गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा उनको श्रीमती र छोरालाई केन्द्रीय कमिटीमा राखेकाे विषयमा पत्रकारले प्रश्न गरेका थिए । पत्रकारकाे उक्त प्रश्नप्रति गौतम निकै आक्रोसित भएका थिए ।
‘हाम्रो पार्टीको केन्द्रीय समितिमा मेरो श्रीमती र छोराको नाम रहेको भन्ने भन्ने प्रश्न उठाएका छन् । नेपालका कम्युनिष्ट आन्दोलनको जन्म र विकासका लागि मेरो महत्वपूर्ण भूमिका छ । मेरो परिवारले पनि त्याग गरेको छ’, उनले प्रति प्रश्न गरे, ‘कम्युनिष्ट आन्दोलनको रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने मेरो परिवारमाथि प्रश्न उठाउने तपाईं को हो ?’
पार्टी सदस्य बन्न योग्यता र क्षमता रहेकाले नै उनीहरूलाई पार्टीको जिम्मेवारी दिएको जिकिर गरे ।
मैले जन्माएको पार्टी मेरै आँखा अगाडि समाप्त हुने खतरा भयो : वामदेव
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया