एमाले सांसद नै वामदेवको पार्टीमा केन्द्रीय सदस्य

काठमाडौं । एमाले सांसद नै नेता वामदेव गौतमले खोलेको पार्टीमा केन्द्रीय सदस्य भएकी छिन् । एमालेमा समानुपातिकबाट प्रतिनिधिसभामा सांसद सांसद भएकी तुल्सा थापा वामदेव गौतमको पार्टीमा केन्द्रीय सदस्य भएकी हुन् ।
नेता गौतमकै श्रीमती रहेकी थापालाई उनले महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । एमाले छोडेर वामदेवको नेकपा एकता राष्ट्रिय अभियानमा थापा लागेकी हुन् ।
उनको नाम केन्द्रीय सदस्यतर्फ दोस्रो नम्बरमा छ ।
अब के हुन्छ ?
दलसम्बन्धी व्यवस्थामा कुनै अर्को दलको सदस्यता लिनेवित्तिकै सक्रिय रहेको दल स्वतः त्याग गरेको मानिनेछ । वामदेवले गठन गरेको दलको केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै उनको एमालेसँगको आवद्धता सकिनेछ । साथै सांसद पद पनि जानेछ ।
को हुन् थापा ?
थापाले नेपाल ओलम्पिक कमिटीमा सचिव, नेपाल कबड्डी संघकी अध्यक्ष भएरसमेत काम गरिन् । उनी यस अघि माधव नेपालको पार्टी घोषणा हुँदासमेत साथ दिन तयार भएकी थिइन् ।
दल विभाजनसम्बन्धमा उनले हस्ताक्षरसमेत गरेकी थिइन् । तर आयोगले दल विभाजनको सूचीमा उनको नाम नभएपछि हस्ताक्षर सनाखत गरेन । यसकारण उनी एमालेकै सांसदको हैसियतमा भए पनि निष्क्रिय जस्तै थिइन् ।
वामदेवले पार्टी खोलेपछि भने उनी नयाँ पार्टीमा लागेकी हुन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया