एमसिसीविरुद्ध उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौं । विभिन्न राजनीतिक दल तथा संगठनहरूले आज पनि अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रदशैन गरेका छन् । सोक्रममा बानेश्वरमा झडप भएको छ ।
एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगमुढा गरेका थिए भने प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनमा एकीकृत समाजवादीनिकट अनेरास्ववियूलगायत सहभागी थिए ।
विद्यार्थीहरूले एमसिसीको विरोध गर्दै बानेश्वरको सडकमै ‘एमसिसी स्वाहा’ भन्दै होम गरेका हुन् ।
जसमा अध्यक्ष सुदेश पराजुलीले सेतो कपडा लगाएर एमसिसीको स्वाहा गरेका थिए ।
त्यस्तै अन्य साना दलहरूल पनि माइतीघरमा भेला भएर एमसिसीको विरोधमा प्रदर्शन गरेका थिए । जसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका संगठन थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया