मार्कोस जुनियरले लिए फिलिपिन्सको १७ औं राष्ट्रपति शपथ
मनिला । फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला सहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।
मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरुको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए।
मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए । घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ ।
चिनियाँ उपराष्ट्रपति वाङ किशान र अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।
परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्कोस जुनियर जो एक पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि हुन् उनले ‘एक साथ हामी फेरि उठ्नेछौं’ भन्ने नारामा अभियान पनि चलाएका थिए ।
यसैबीच, सम्भावित विरोधका गतिविधिलाई दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी सैनिकहरू र तटरक्षकहरू राजधानी भर सुरक्षाका लागि तैनाथ गरिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया