चुनावी समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति
काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा गर्नको लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी २७ असारमा बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकले गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको समीक्षा गर्नेछ । चुनावबाट ३२९ तह जित्दै कांग्रेस पहिलो भएको थियो ।
२०७४ सालमा तीनवटै तहको निर्वाचनमा नमिठो पराजय भोगेपछि कांग्रेसले चुनावी समीक्षा बैठक नै बोलाएको थिएन । तर यसपटक भने चुनाव सम्पन्न भएको दुई महिनामै कांग्रेसले चुनावी समीक्षाको बैठक बोलाएको हो ।
आजै डा. शेखर कोइराला पक्षले भेला गरी चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठकको माग गर्ने तयारी थियो । उनीहरूको भेला नसकिंदै देउवाले बैठक आह्वान गरेका हुन् । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया