ओहोदाको प्रमाणपत्र लिएलगत्तै भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र लिएलगत्तै उनले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार गएर राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।
त्यस अवसरमा उनले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै भारत–नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया