NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सुनचाँदीको मूल्य पुन: घट्यो

काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससार बिहीबार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज पनि ३०० रूपैयाँले नै घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजासर २ सय रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको थियो ।