असार १५ मा हिलो खेल्ने क्रममा दुर्व्यवहार गरेको भन्दै जुरेलीले युवा संघका नेताविरुद्ध दिइन् जाहेरी
काठमाडौं । महिला रेस्लर अस्मिता जुरेलीले राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहोरा(हिलारी) विरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
ललितपुरको फर्सीडोलमा असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसको अवसरमा आफूमाथि बोहोराले दुर्व्यवहार गरेको भन्दै उनले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् । जुरेलीको उजुरीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् ।
एमाले महासचिव शंकर पोखरेल सहभागी रहेको उक्त रोपाईं कार्यक्रममा बोहोराले जुरेलीलाई समातेर हिलोमा लडाएका थिए । अभद्र व्यवहारबाट रिसाएकी जुरेली र बोहोराबीच घम्साघम्सी हुँदै उनको कपडासमेत च्यातिएिको भिडियोमा देख्न सकिन्छ ।
उक्त कार्यक्रमा युवासंघको फ्याक्सन इन्चार्ज महेश बस्नेत, नायिका करिष्मा मानन्धरलगायतको उपस्थिति रहेको थियो । गतवर्ष पनि गायक छत्र शाही र जुरेलीबीच हिलो खेलाई अश्लीलता भएको भन्दै तीव्र आलोचना भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया