जोनी डेपको नयाँ लुक भाइरल
काठमाडौं । हलिउड अभिनेता जोनी डेप हालै पेरिस विमानस्थलमा नयाँ शैलीमा देखिएका छन् । अभिनेतालाई यो नयाँ क्लिन शेभन लुकमा देखेर फ्यानहरु छक्क परेका छन् । अभिनेताको यो लुक पापाराजीले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
अहिले उनका यी तस्बिरहरु भाइरल भइरहेका छन् । डेप आफ्नो आगामी फिल्म ‘जीन डु ब्यारी’ को लागि पोशाक परीक्षण पछि फ्रान्समा देखिएका थिए । पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि जोनी डेपको यो पहिलो फिल्म हुनेछ ।
जोनी डेपको फ्यान पेजमा सेयर गरिएका यी तस्विरहरूमा ‘पाइरेट्स अफ द क्यारेबियन’ स्टार नयाँ हेयरस्टाइल र बेज ज्याकेटमा देखिएका छन् ।
अभिनेताले कालो सनग्लास र खैरो फेडोरा टोपी लगाएर कालो ब्रिफकेस पनि बोकेका छन् । अभिनेता विमानस्थलबाट बाहिर निस्कँदा फ्यानलाई हात हल्लाउँदै हिँडेको देखिएका छन् ।
हलिउड अभिनेता डेपले मुद्दा जिते, पूर्वपत्नीले ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया