जोनी डेपको नयाँ लुक भाइरल

काठमाडौं । हलिउड अभिनेता जोनी डेप हालै पेरिस विमानस्थलमा नयाँ शैलीमा देखिएका छन् । अभिनेतालाई यो नयाँ क्लिन शेभन लुकमा देखेर फ्यानहरु छक्क परेका छन् । अभिनेताको यो लुक पापाराजीले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
अहिले उनका यी तस्बिरहरु भाइरल भइरहेका छन् । डेप आफ्नो आगामी फिल्म ‘जीन डु ब्यारी’ को लागि पोशाक परीक्षण पछि फ्रान्समा देखिएका थिए । पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि जोनी डेपको यो पहिलो फिल्म हुनेछ ।
जोनी डेपको फ्यान पेजमा सेयर गरिएका यी तस्विरहरूमा ‘पाइरेट्स अफ द क्यारेबियन’ स्टार नयाँ हेयरस्टाइल र बेज ज्याकेटमा देखिएका छन् ।
अभिनेताले कालो सनग्लास र खैरो फेडोरा टोपी लगाएर कालो ब्रिफकेस पनि बोकेका छन् । अभिनेता विमानस्थलबाट बाहिर निस्कँदा फ्यानलाई हात हल्लाउँदै हिँडेको देखिएका छन् ।
हलिउड अभिनेता डेपले मुद्दा जिते, पूर्वपत्नीले ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया