खोलामा बेपत्ता भएका बालकको शव फेला
कैलाली । कैलारी गाउँपालिका-६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ ।
धनगढी उपमहानगरपालिका-१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
मृतक बालक यही असार १५ गते कैलारी-६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया