नबिल बैंकका नवनियुक्त सिइओमा ढुंगानाले सम्हाले कार्यभार
काठमाडाैं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन् । ढुङ्गानाले शुक्रबारदेखि कार्यभार सम्हालेका हुन्।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सिइओमा नियुत्त गरेको थियो । नबिल बैंकका निवर्तमान सिइओ अनिल शाहको कार्यकाल सकिएर बाहिरिएसँगै ढुंगाना बैंकको सिइओमा प्रवेश गरेका हुन् । उनी यसअघि नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले बङ्गलादेश बैंकको सिइओको रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजमेन्ट वाच र सन् २०१५ मा म्यानेजर अफ दि इयर विधामा पुरस्कृत भएका थिए ।
कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया