२६२ जना कोरोना संक्रमित थपिए, १३३८ संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षणबाट २२९ जना र एन्टिजेन परीक्षणबाट ३३ जना गरी २६२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो समय नाै हजार ८१५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७५ हजार ५५९ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार ५९७ रहेको छ । आज कोरोनाबाट थप चार जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।
पछिल्लो समय एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५१ हजार ३९४ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १२ हजार २४४ जना रहेको छ । जसमध्ये ११० जना क्वारेन्टिनमा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया