७० वर्षमा पहिलोपटक नदीको ठूलो भाग सुक्यो
इटाली । जलवायु परिवर्तनको असर विश्वका धेरै ठाउँमा देखिएको छ । कतै बाढी त कतै खडेरी । युरोपेली मुलुक इटालीमा यो वर्ष निकै कम वर्षा भएको छ । यही कारण देशका धेरै ठाउँमा खडेरी देखिन थालेको छ र इटालीकै लामो नदी पनि यसबाट अछुतो रहन सकेको छैन ।
स्याटेलाइट तस्बिरहरूले इटालीको सबैभन्दा लामो पो नदी साँघुरिएको देखाएको छ । कम वर्षा र बढ्दो तापक्रमका कारण नदी घट्दै गएको बताइएको छ । स्पेस एजेन्सीले एनिमेसनमा पिआसेन्जा सहरनजिक पो उपत्यकाको एक भाग देखाएको छ । यसमा जुन २०२० र जुन २०२२ को अवधिमा नदीको आकार घटेको स्पष्ट रूपमा देख्न सकिन्छ । पो नदी इटालीको सबैभन्दा लामो नदी हो ।
यो पो उपत्यकामा पश्चिमदेखि पूर्वसम्म फैलिएको छ । यसको लम्बाइ लगभग ६५२ किलोमिटर छ । यसले कुल ७१ हजार वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ । यो वरपरका क्षेत्रहरूको लागि ताजा पानीको सबैभन्दा ठूलो स्रोत हो । किसानहरू खेतीका लागि यही खोलामा निर्भर छन् । मिडिया रिपोर्टका अनुसार पो उपत्यका छेउछाउका केही क्षेत्रमा ११० दिनसम्म पानी परेको छैन ।
७० वर्षको इतिहास हेर्यौं भने यतिबेला पो नदी सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । स्याटेलाइट तस्बिरले पहिले हिलो दलदल भएका नदीका ठाउँहरू अहिले पूर्ण रूपमा सुकेको प्रष्ट देखाउँछ । अहिले त्यो ठाउँमा बालुवा मात्रै देखिन्छ ।
अधिकांश खेती पो उपत्यका वरिपरि हुन्छ । गहुँ, चामल र गोलभेँडासहित इटालीको खानाको लगभग ४० प्रतिशत यहाँ खेती गरिन्छ । खडेरीका कारण किसानलाई खेती गर्न निकै समस्या भएको छ । बालीका लागि पर्याप्त पानी छैन ।
खडेरीका कारण भएको पानीको अभावलाई मध्यनजर गर्दै इटालीको मिलान सहरका मेयरले हिरका सबै फोहरा बन्द गर्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया