पत्रकार केएमले संसदीय चुनाव लड्ने
काठमाडौं । पत्रकार वीरेन्द्र केएमले सुनसरी क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने भएका छन् ।
सुनसरीस्थित देवानगंज १ मध्यहर्षाहीका स्थायी वासिन्दा रहेका उनले पछिल्लो ३-४ वर्षदेखि संसदीय चुनावको तयारी गरिरहेको बताएका छन् ।
देवानगञ्जदेखि इटहरीसम्म विभिन्न पालिकाका ३० वटाा वडाका गरी लगभग १ लाख मतदाता रहेको उक्त क्षेत्रको प्रदेशसभामा १८ वटा वडा र लगभग ५० हजार मतदाता रहेका छन् । यस क्षेत्रबाट संघीय संसदमा नेपाली कांग्रेसका सीताराम मेहता, प्रदेश (क) मा नेकपा (एमाले)का सर्वध्वज साँवा लिम्बू प्रदेश (ख) मा कांग्रेसका राजीव कोइराला निर्वाचित भएका थिए ।
देवानगञ्ज, इनरुवा, रामधुनी र इटहरी यस क्षेत्रका मूल राजनीतिक केन्द्र हुन् । देवानगञ्ज गापाका सातवटै, हरिनगरको एउटा, गौतमपुर, इनरुवा र रामधुनीका ६–६ तथा इटहरीका १० वटा वडा सुनसरी २ को संघीय क्षेत्रमा पर्छन् । जातीय रूपमा यस क्षेत्रमा मेहता र केही थारु तथा पहाडी समुदायको बसोबास रहेको छ ।
दक्षिणी क्षेत्रको जोड्दार कुरा उठाउने गरेको तथा सो भेगका मूल समस्यालाई समाधान गराउन आफू क्रियाशशील रहेको केएमले दाबी गरेका छन् ।
‘मेरै प्रत्यक्ष पहलमा मैले २ थान एम्बुलेन्स, १ थान दमकल देवानगञ्ज पुर्याइसकेको छु,’ उनले भने, ‘मैले विभिन्न विकासे योजना यस क्षेत्रमा पुर्याउने गरेको छु ।’
सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका अध्यक्ष रहेका केएम दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पछिल्लो समय पालिका केन्द्रित विभिन्न कार्यक्रमसहित स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विज्ञको रूपमा समेत क्रियाशील रहेका केएम काठमाडौं केन्द्रित विभिन्न राष्ट्रिय मिडियासहित पछिल्लो १५ वर्षदेखि नेपाल संवाददाताको रूपमा भारतीय मिडियामा काम गरिरहेका छन् ।
उनी एबिपी न्युज इन्डियाको नेपाल संवाददाता र नागरिक टाइम्सका सम्पादकसमेत हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दे उनले केही दिनअघि फेसबुकमा यस्तो लेखेका छन् :


यस्ता छन् उनका मुद्दा :


ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया