बजेट प्रकरण : अर्थ मन्त्रालयले भन्यो, ‘सिसिटिभी फुटेज मेटियो’
काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सिसिटिभी फुटेज आफ्नो रेकर्डबाट मेटिएको जनाएको छ ।
बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको र विज्ञलाई निरीह पारिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेपछि अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी आलोचना भएको थियो ।
असार १४ मा उपभोक्ता हित संरक्षण मञ्च नेपालले सूचनाको हकअन्तर्गत २०७८-०५-२४ बेलुका ११ बजेदेखि २०७८-०५-२५ गने बिहान ६ बजेसम्म र २०७८-२-१४ बेलुका ६ बजेदेखि २०७९-०२-१५ बिहान ६ बजेसम्मको सिसिटिभी फुटेजको माग गरेको थियो ।
उक्त निवेदनमा जवाफ दिँदै मन्त्रालयले त्यहाँ जडान भएको सिसिटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिसम्मको मात्रै फुटेज अभिलेखमा रहने जनाइएको छ । त्यसपछिको अभिलेख क्रमशः मेटिँदै जाने हुँदा माग गरिएका दिनका फुटेजहरू मेटिएको पत्रमा उल्लेख छ ।

अन्नपूर्णले ‘जब मध्यरातमा बजेटमा चुकुल लाग्यो’ शीर्षकको समाचार सम्प्रेषण गरेपछि प्रमुख प्रतिपक्षी दलले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएका थिए । जवाफमा मन्त्री शर्माले आफूले देशलाई कुनै गद्दारी नगरेको र कसैले भन्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया