एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने पत्र अमेरिकालाई अहिलेसम्म पनि नपठाएको खुलासा भएको छ ।
निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार नगरेको तथ्य स्वयम् सरकारले नै सार्वजनिक गरेको हो ।
परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपिपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्रबारे अध्ययन भइरहकाले हालसम्म नपठाएको बताइन् ।
असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । सो निर्णय परराष्ट्रलाई प्राप्त भइसकेको जानकारी दिँदै उनले भनिन्, ‘सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको छ । त्यसलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गरिने छ ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया