चर्चित बेलायती युट्युबर तथा उद्यमी एड्वर्डसको निधन

काठमाडौं । बेलायतका उद्यमी, युट्युब स्टार जमल एड्वर्डस्को निधन भएको छ ।
बिबिसीले उनको कम्पनीलाई उद्धृत गर्दै ३१ वर्षको उमेरमा जमलको निधन भएको जनाएको छ ।
एडवर्डस एसबी टिभीका फाउन्डर हुन् । यो टेलिभिजन शहरको संगीत मञ्चका रूपमा स्थापित थियो । जसले एड शिरनजस्ता कलाकार जन्माउनुको साथै विभिन्न चर्चित कार्यक्रम दिएको थियो ।
उनको निधनप्रति विभिन्न व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । र्यापर लेडी लेशरले उनको निधनको समाचारले आफ्नो मुटु छियाछिया बनेको लेखेकी छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया