‘ए मेरो राजा’को भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं । दीपेन्द्र तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेको नयाँ गीत ‘ए मेरो राजा’को भिडियो सार्वजनिक भएको छ ।
एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा रहेको उक्त गीतको १० मिनेट ३५ मिनेटको भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
माता मण्डली फिल्मले तयार गरेको उक्त गीतको भिडियो मास्टर टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
उक्त गीत सुनिल बिसीले लेखेका हुन् भने संगीत गायक किस्मतले नै भरेका छन् ।
गीतको भिडियोमा राजु मास्टर र गायिका सपनालगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोको एसिस्टेन्ट कोरियोग्राफर राजाराम सिम्खडा र एसिस्टेन्ट निर्देशक लक्ष्मी तिमल्सिना रहेका छन् ।
हेरौं भिडियो :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया