माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, पूर्वस्थायी समिति बैठक प्रचण्ड निवास खुमलटारमा
काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थागित भएको छ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि मंगलबार बैठक सक्ने कार्यतालिका थियो । तर पदाधिकारी, पोलिटब्यूरो, स्थायीक समिति गठन लगायत विषयमा थप गृहकार्य गर्नुपर्ने आवश्यक भएकोले बैठक स्थगित भएको नेता गणेश साहले जानकारी दिए ।
केन्द्रीय समिति बैठकको एजेण्डामा थप छलफल गर्न अहिले पूर्वस्थायी समितिको बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने नेता साहले जनाकारी दिए । आइतबारबाट सुरू भएको बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने एजेण्डा रहेको छ ।
हिजोको बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी निर्वाचनको तयारी, वाम गठबन्धन, एसपीपी लगायत विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया