नेपालको दूतावासमा भारतीय सुरक्षाकर्मीले गोली हानेर आत्महत्या गरेपछि के लेखे भारतीय मिडियाले ?
काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा भारतीय एक सुरक्षाकर्मीले आत्महत्या गरेको विषयलाई भारतीय संचारमाध्यमले प्राथमिकतासाथ उठाएका छन् ।
सोमबार नेपालस्थित दूतावासमा दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आर्फैलाई गोली प्रहार गरी आत्महत्या गरेको दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
सो घटनापछि भारतका एनडिभी, नवभारत टाइम्स, टाइम्स अफ इण्डियासहितका संचारमाध्यमले दूतावासमै सुरक्षाकर्मीले आत्महत्या गरेको विषयलाई प्राथमिकतामा साथ उठाएका हुन् ।
उत्तराखण्डका ती ३२ वर्षीय सुरक्षाकर्मी डिप्रेसनमा रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
घटनाको अध्ययन भइरहेको र लाशको पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाइएको जानकारी भारतीय संचारमाध्यमले दिएका छन् ।
यस अघि सन् २००५ मा पनि भारतीय दूतावासमा एक्सिडेन्टल फायरिङ हुँदा दुई सुरक्षाकर्मी मारिएको भारतीय संचारमाध्यले उल्लेख गरेका छन् ।
कुन मिडियाले के लेखे ?

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया