नेपालको दूतावासमा भारतीय सुरक्षाकर्मीले गोली हानेर आत्महत्या गरेपछि के लेखे भारतीय मिडियाले ?
काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा भारतीय एक सुरक्षाकर्मीले आत्महत्या गरेको विषयलाई भारतीय संचारमाध्यमले प्राथमिकतासाथ उठाएका छन् ।
सोमबार नेपालस्थित दूतावासमा दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आर्फैलाई गोली प्रहार गरी आत्महत्या गरेको दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
सो घटनापछि भारतका एनडिभी, नवभारत टाइम्स, टाइम्स अफ इण्डियासहितका संचारमाध्यमले दूतावासमै सुरक्षाकर्मीले आत्महत्या गरेको विषयलाई प्राथमिकतामा साथ उठाएका हुन् ।
उत्तराखण्डका ती ३२ वर्षीय सुरक्षाकर्मी डिप्रेसनमा रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
घटनाको अध्ययन भइरहेको र लाशको पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाइएको जानकारी भारतीय संचारमाध्यमले दिएका छन् ।
यस अघि सन् २००५ मा पनि भारतीय दूतावासमा एक्सिडेन्टल फायरिङ हुँदा दुई सुरक्षाकर्मी मारिएको भारतीय संचारमाध्यले उल्लेख गरेका छन् ।
कुन मिडियाले के लेखे ?

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया