सन्दीपले लंका प्रिमियर लिगबाट साढे ५० लाखभन्दा बढी पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
लेग स्पिनर सन्दीपले डम्बुला जायन्ट्सबाट एलपिएल खेल्न लागेका हुन् ।
एलपिएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेसँगै उनले एलपिएल खेल्ने निश्चित भएको हो ।
डम्बुलाले सन्दीपलाई ४० हजार अमेरिकी डलरमो अनुबन्ध गरेको छ । सो ५० लाख ७६ हजार नेपाली रुपैयाँ हुन आउँछ ।
सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका कप्तान दासुन सनका, भानुका राजपक्ष लगायतका खेलाडी अनुबन्ध छन् ।
एलपिएल जुलाई ३१ बाट सुरु भएर अगस्ट २१ सम्म चल्नेछ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया