सन्दीपले लंका प्रिमियर लिगबाट साढे ५० लाखभन्दा बढी पाउने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
लेग स्पिनर सन्दीपले डम्बुला जायन्ट्सबाट एलपिएल खेल्न लागेका हुन् ।
एलपिएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेसँगै उनले एलपिएल खेल्ने निश्चित भएको हो ।
डम्बुलाले सन्दीपलाई ४० हजार अमेरिकी डलरमो अनुबन्ध गरेको छ । सो ५० लाख ७६ हजार नेपाली रुपैयाँ हुन आउँछ ।
सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका कप्तान दासुन सनका, भानुका राजपक्ष लगायतका खेलाडी अनुबन्ध छन् ।
एलपिएल जुलाई ३१ बाट सुरु भएर अगस्ट २१ सम्म चल्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया