एमसिसी र एसपिपीविरूद्ध सशक्त प्रतिरोध गर्छौ : विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौं स्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसकाे प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
‘एसपिपी मात्र होइन, हामी एमसिसी पनि लागु गर्न दिदैनौं । त्यसका विरुद्ध आँधीवेरी आउँछ’, उनले भने, ‘विदेशी दलालका विरुद्ध सशक्त प्रतिरोध गर्न तपाईंहरू तयारी अवस्थामा रहनोस् ।
उनले वैज्ञानिक समाजवादी व्यवस्था नआएसम्म नेपालमा परिवर्तन सम्भव नभएको दावी गरेका छन् । त्यस्तै, आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीले रणनीतिक रूपमा भाग लिएपनि अर्को पटकबाट सहभागी नहुने उनले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया