बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन : चौधरी ग्रुप
काठमाडाैं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वान चौधरीले बजेट निर्माण प्रक्रियाको समयमा ग्रुपको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । बुधबार उनले ट्वीट गर्दै सो कुरा स्पष्ट पारेका हुन् ।
उनले चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बजेट निर्माण प्रक्रियामा कुनै चासो र सरोकार नभएको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दर्छौ । साथै उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ ।’
साथै उनले यस विषयमा सत्यतथ्य के हो छानविन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । आरोप पुष्टि भएमा सजाय भोग्न तयार हुने पनि उनले उल्लेख गरेका छन् ।
— Nirvana Chaudhary (@BeingNirvana) July 6, 2022
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया