बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन : चौधरी ग्रुप

काठमाडाैं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वान चौधरीले बजेट निर्माण प्रक्रियाको समयमा ग्रुपको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । बुधबार उनले ट्वीट गर्दै सो कुरा स्पष्ट पारेका हुन् ।
उनले चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बजेट निर्माण प्रक्रियामा कुनै चासो र सरोकार नभएको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दर्छौ । साथै उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ ।’
साथै उनले यस विषयमा सत्यतथ्य के हो छानविन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । आरोप पुष्टि भएमा सजाय भोग्न तयार हुने पनि उनले उल्लेख गरेका छन् ।
— Nirvana Chaudhary (@BeingNirvana) July 6, 2022
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया