सात करोड वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा

न्युयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ ।
करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् ।
सोथेबीका प्रमुख ह्याटनका अनुसार उक्त कंकाल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ ।
आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलेपटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र उक्त अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए ।
उक्त अस्थिपञ्जर सन् २०१८ मा मोन्टानानजिक जुडिथ नदीमा भेटिएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया