सात करोड वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा
न्युयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ ।
करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् ।
सोथेबीका प्रमुख ह्याटनका अनुसार उक्त कंकाल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ ।
आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलेपटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र उक्त अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए ।
उक्त अस्थिपञ्जर सन् २०१८ मा मोन्टानानजिक जुडिथ नदीमा भेटिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया