विप्लव पथमा धर्मेन्द्र : सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर अलग भएको नेकपा (बहुमत)का कार्यकर्ताले डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालो मोसो दलिदिएका छन् ।
आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई भ्रष्टाचारको आरोपमा धर्मेन्द्र बाँस्तोला नेतृत्वको सो पार्टीका कार्यकर्ताले कालोमोसो दलिदिएका हुन् ।
अध्यक्ष मडैले सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर किर्ते कागज गरी सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि विप्लव नेतृत्वको नेकपाले यस्तो काम गर्नै आएको थियो । अहिले केही मत्थर भएको थियो । तर, पुनः सोही पार्टीमा छुट्टिएको बहुमतले उस्तै गतिविधि गर्न सुरु गरेको छ ।
ताजा अपडेट
-
बलात्कार प्रयास गर्नेको पक्षमा प्रहरी, न्याय नपाएपछि पीडितले त्यागिन् प्राण !
-
मौसममा तीन वायुको प्रभाव, ५ प्रदेशमा मध्यम र १ प्रदेशमा भारी वर्षा
-
आफ्नै कीर्तिमान तोड्ने धुनमा कामीरिता
-
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते
-
कालीमाटीमा आज तरकारीको भाउ : महँगियो च्याउ, सस्तियो बन्दा
प्रतिक्रिया