प्रदेश १ को नाम भौगौलिक माध्यमबाट राखिने सम्भावना प्रबल
काठमाडौं । प्रदेश नम्बर १ का सांसदहरू प्रदेशको नामाकरणको अन्तिम अवस्थामा पुगेका छन् ।
कोशी, सगरमाथा, विराट, विजयपुर, कञ्चनजंघा, किरात, लिम्बुवानजस्ता नामहरू चर्चामा आएका छन् ।
तर, प्रदेशको नाम ‘कोशी’ राख्ने सम्भावना प्रबल बन्दै गएको एमालेनिकट स्रोतले जनाएको छ ।
प्रदेश सभामा सबैभन्दा बढी ३९ सांसद रहेको एमाले भौगोलिक नामको पक्षमा छ । उसले कोशी नाम अघि सारेको हो ।
२१ जना सांसद रहेको कांग्रेस पनि कोशीकै सहमतिमा लगभग छ । तर, उसका केही सांसद भने पहिचानको पक्षमा लागेका छन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ६२ सांसद चाहिन्छ । एमाले र कांग्रेस जोड्दा ६० पुग्छ । यसर्थ, कोशी नाम पारित हुनसक्ने सम्भावना बढी रहेको छ । किनकि, राप्रपासँग पनि १ जना सांसद छन् । उनले पनि कोशीकै पक्षमा लाग्ने लगभग निश्चित छ ।
१५ सांसद रहेको माओवादी केन्द्र किरातको पक्षमा छ भने १ सांसद रहेको संघीय लोकतान्त्रिक मञ्चका लिम्बुवानको पक्षमा छ । १० सांसद रहेको एकीकृत समाजवादी बहुपहिचानको पक्षमा देखिएको छ । जसपासँग ३ सांसद छन् ।
कोशीमै सहमति हुने प्रबल सम्भावना छ । यदि नभएमा पनि मतदानमा सोही नामले जित्ने सम्भावना प्रबल छ ।
प्रदेश १ को नाम भूगोलबाट राख्न एमाले र कांग्रेसको ‘ग्रिन सिग्नल’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया