ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।
महानगरले आज एक विज्ञप्ती जारी गर्दै मेयर महर्जनलाई आज संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी घरमै आराम गरिरहेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया