प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर
काठमाडाैं । नेपालका लागि प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ । कम्पनीले असार २३ गतेबाट यो आयोजना सार्वजनिक गरेको हो ।
उक्त एक्स्चेन्ज अफर २७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीले योजनाअन्तर्गत ग्राहकहरूले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
एक्स्चेन्ज अफरमा ग्राहकले स्पट एक्स्चेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्याङ्कन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्स्चेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन् । साथै, ग्राहकहरुले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।
२०२० देखि नेपालमा आधिकारिक बिक्री शुरु गरेको कम्पनीले सेडान खण्डमा प्रोटोन सागा, सी–सेग्मेन्ट एसयुभी मा प्राटोन एक्स५० र प्रिमियम एयसयुभी खण्डमा प्रोटोन एक्स७० बिक्री गर्दै आएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया