त्रिविको प्रश्नपत्र हुबहु दोहोरिएकोमा नेविसंघको आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बारम्बार प्रश्न पत्र दोहो-याएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघले) आपत्ति जनाएको छ । नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विद्यार्थीको भविष्यमा चरम लापरपाही गरेको भन्दै छानविन गर्न मागसमेत गरेको छ ।
नेविसंघले परीक्षा संवेदनशिल विषय भएकाले लापारवाही गर्न नपाइने उल्लेख गर्दै प्रश्नपत्र निर्माण, परीक्षा संञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयमा संवेदनशील बन्दै विश्वसनियता तथा वैद्यता कायम गर्न माग गरेको छ ।
नेविसंघले प्रश्नपत्र निमार्ण तथा नियमन गर्ने निकायका व्यक्तिले विचौलियालाई छानविन गरी कारबाहीको दायरामा नल्याए विश्वविद्यालयविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया