त्रिविको प्रश्नपत्र हुबहु दोहोरिएकोमा नेविसंघको आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बारम्बार प्रश्न पत्र दोहो-याएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघले) आपत्ति जनाएको छ । नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विद्यार्थीको भविष्यमा चरम लापरपाही गरेको भन्दै छानविन गर्न मागसमेत गरेको छ ।
नेविसंघले परीक्षा संवेदनशिल विषय भएकाले लापारवाही गर्न नपाइने उल्लेख गर्दै प्रश्नपत्र निर्माण, परीक्षा संञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयमा संवेदनशील बन्दै विश्वसनियता तथा वैद्यता कायम गर्न माग गरेको छ ।
नेविसंघले प्रश्नपत्र निमार्ण तथा नियमन गर्ने निकायका व्यक्तिले विचौलियालाई छानविन गरी कारबाहीको दायरामा नल्याए विश्वविद्यालयविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया