सनातन धर्म सम्मेलनमा कसले के भने ?

काठमाडौं । काठमाडौंमा “राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा पशुपति क्षेत्रमा सुरु भएको हो ।
दुई दिने सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राप्रपा नेपालका अध्यक्ष एवं पुर्वउपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।
वैदेशिक शक्तिहरूको बलमा जवर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए ।
धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुनुपर्नेमा थापाको जोड थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे ।
कार्यक्रममा सम्मानित विशिष्ठ अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरूको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए । बैंकटेश्वर मन्दिरका पिठाधीश पद्मधराचार्य, लोकेश्वर आश्रमका पिठाधशि दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले सनातन धमृ बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रतिनिधिको रुपमाा करिब ६० जिल्लाका धार्मिक अगुवा सहभागी छन् । कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ, प्राडा सोमप्रसाद खतिवडा, सञ्चारकर्मी बिनु पोखरेल र मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक सस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए । कार्यक्रम सोमबारसम्म जारी रहनेछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया