पार्टी कार्यालयमै सभापति देउवाविरुद्ध नाराबाजी र अवरोध
काठमाडौं । नेपाली कांग्रेसका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय, सानेपामै नाराबाजी गरेका छन् ।
आज दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाविरुद्ध असन्तुष्ट नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी तथा युवाले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले सभापति देउवा चढेको गाडीमा अवरोध पु¥याएका थिए । साथै, मन्त्री र पदाधिकारीको गाडीमा पनि अवरोध पु¥याउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा ठेलमठेलसमेत भएको थियो ।
केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग शेखर पक्षको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज, शेखर पक्षले मन्त्री हेरफेरको विषय उठाउने
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया