लोक सेवाको परीक्षामा कान्स रेडकार्पेटबारे प्रश्न सोधिएकोमा के भन्छिन् सुरक्षा ?
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा गत महिना सहभागी भएकी थिइन् । ‘द माउन्टेन्स’ फिल्मको प्रदर्शनीमा उनले सो मौका प्राप्त गरेकी थिइन् ।
कान्सको रेड कार्पेटमा पुग्ने सुरक्षा नै पहिलो नेपाली कलाकार हुन् । यहि विषयलाई लोकसेवा आयोगले लिएको २३ गतेको नेपाली सेना, अधिकृत क्याडेट पदको परीक्षाको प्रश्न पत्रमा समेत सहभागी गराएको छ ।
लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै उनले लेखेकी छन ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ ।
प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम उल्लेख गरिएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया