३८८ कोरोना सङ्क्रमित थपिए, १२०५ जना सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन् । यस अवधिमा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ५४४ पुगेको छ । यस अवधिमा चारजनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया