फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले असार २७ देखि नै लागू हुने गरी अन्तर प्रदेशको भाडा बढाएको हो । एउटै प्रदेशभित्र भने भाडा वृद्धि गरिएको छैन ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार, यात्रुवाहक सवारीमा १.७९ प्रतिशत भाडा बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा यसअघि लिइँदै आएको भाडामा क्रमशः २.३४ र २.६ प्रतिशतले वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।
विभागले गत चैत १७ गते आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा बढेमा वा घटेमा अन्तर प्रदेशको भाडा समायोजन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार, विभागले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्दै आइरहेको छ । यसअघि गत चैत १२ गते भाडा वृद्धि गरेको विभागले पछि मूल्य घटेसँगै घटाएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया