फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले असार २७ देखि नै लागू हुने गरी अन्तर प्रदेशको भाडा बढाएको हो । एउटै प्रदेशभित्र भने भाडा वृद्धि गरिएको छैन ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार, यात्रुवाहक सवारीमा १.७९ प्रतिशत भाडा बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा यसअघि लिइँदै आएको भाडामा क्रमशः २.३४ र २.६ प्रतिशतले वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।
विभागले गत चैत १७ गते आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा बढेमा वा घटेमा अन्तर प्रदेशको भाडा समायोजन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार, विभागले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्दै आइरहेको छ । यसअघि गत चैत १२ गते भाडा वृद्धि गरेको विभागले पछि मूल्य घटेसँगै घटाएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया