विश्वकपनजिक पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्यानडाविरुद्ध जित निकाल्दै टि–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
विश्वकपनजिक पुगेको टोलीलाई उनले आज सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘क्यानडाविरुद्ध जित निकाल्दै टि–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई’, देउवाले फेसबुकमा लेखेका छन्, ‘भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छासहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु ।’
नेपालले मंगलबार युएईविरुद्ध खेल्दैछ । त्यसमा जिते नेपाल विश्वकपमा छनोट हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया