श्रीलंका संकट : सीमित मात्रामा ग्यास र पेट्रोलको वितरण सुरु
कोलम्बो । श्रीलंका विगत केही महिनादेखि गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । जनता सडकमा उत्रिएका छन् । राष्ट्रपति भवन र प्रधानमन्त्री निवासमा प्रवेश गरेर उनीहरुले आफ्नो कब्जामा लिएका छन् । व्यापक विरोध र हिंसाका बीच श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः सुरु भएको छ ।
सोमबार राजधानी कोलम्बोका फिलिंग स्टेशन र सामुदायिक केन्द्रहरूमा इन्धन भर्नेको लामो लाइन देखियो । हजारौं मानिस इन्धन र ग्यास लिन आफ्नो पालो पर्खिरहेका थिए । श्रीलंकाका मानिसहरू महिनौंदेखि खाना, इन्धन र आधारभूत चीजहरूका लागि लडिरहेका छन् ।
मुलुकको विदेशी मुद्रा सञ्चिति खस्किँदै गएका कारण उत्पन्न संकटले गर्दा यस वर्षको सुरुदेखि नै जनताले राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । शनिबार यी प्रदर्शनहरू अनियन्त्रित भएर राष्ट्रपति भवनभित्र पसेका थिए ।
भीडले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आगजनी गरेको छ । सोमबार कोलम्बोमा सयौं मानिसहरू टोकन बोकेर खाना पकाउने ग्यास भर्न आफ्नो पालो पर्खिरहेका देखिए ।
आइतबार नै एलपीजीको ढुवानी श्रीलंका पुगेपछि मानिसहरु आफ्नो पालोको पर्खाइमा देखिएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया