श्रीलंका संकट : विपक्षी नेता राष्ट्रपति बन्न तयार
काठमाडौं । श्रीलंकाको प्रमुख विपक्षी दलका नेता सजिथ प्रेमदासाले श्रीलंकाको राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने बताएका छन् ।
आर्थिक संकट र राजनीतिक उथलपुथलका बीच श्रीलंकाका वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेसँगै उनले आफू राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुने भएका हुन् ।
सजित प्रेमदासको पार्टी समाजी जन बलवेगयाले आफ्ना सहयोगी दलहरूबाट राष्ट्रपति पदका लागि समर्थन मागेको छ । श्रीलंका अहिले अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ, जसका कारण हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिसमेत आयात गर्न सकेको छैन ।
श्रीलंकाका सभामुखले जुलाई २० मा सांसदहरूले अर्को राष्ट्रपति चयन गर्ने बताएका छन् ।
सजित प्रेमदासाले उनको पार्टी र सहयोगीहरूले राष्ट्रपतिका लागि सहमति जनाएको बताएका छन् । प्रेमदासाले सन् २०१९ को राष्ट्रपति निर्वाचनमा पराजित भएका थिए । अब निर्वाचित हुन सत्तारुढ गठबन्धनका सांसदहरूको समर्थन उनलाई आवश्यक पर्छ ।
राजापाक्षे परिवारविरुद्धको जनआक्रोशका कारण दुवै पक्षका सांसदले उनलाई साथ दिने उनको विश्वास छ ।
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया