एलन मस्कविरुद्ध ट्वीटरले मुद्दा दायर गर्यो
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालत गएको छ ।
ट्वीटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कलाई प्रति ट्वीटर शेयर ५४.२ मा सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको छ ।
एलन मस्कले शुक्रबार आफूले ट्वीटर नकिन्ने घोषणा गरेपछि ट्विटरले कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो । उनले ट्वीटरले पटकपटक सम्झौताका शर्त तोडेकाले आफू पछि हटेको आरोप लगाएका छन् । उनले नक्कली अकाउन्टको संख्याबारे ट्वीटरले जानकारी नदिएको बताए ।
मस्कले ट्वीटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर अर्को महिनामा, उनले नक्कली र स्प्याम खाताहरूको संख्यामा ट्वीटर तथ्यांकहरू पर्खिरहेकाले सम्झौता ‘अस्थायी रूपमा होल्डमा’ रहेको बताए ।
मुद्दामा एलन मस्कले मर्जर सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ र आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुने भएपछि मस्क पछि हटेको ट्वीटरले आरोप लगाएको छ ।
ट्वीटरका अध्यक्ष ब्रेट टेलरले माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरूको लागि जवाफदेही बनाउन चाहेको भन्दै ट्वीट गरेका छन् । एलन मस्क इलेक्ट्रिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
मस्कले सम्झौतामा सहमति जनाएपछि टेस्लाको सेयर र स्टक बजारमा गिरावट आएको छ । मस्कको सम्पत्ति नोभेम्बर २०२१ को उच्च बिन्दुबाट १०० बिलियन डलरले घटेको छ, जसका कारण पनि उनी यो सम्झौताबाट बाहिरिन चाहन्छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया