नासाले ब्रह्माण्डको पुरानो तस्बिर सार्वजनिक गर्यो
काठमाडौं । नासाले मंगलबार जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लोपटक खिचिएको ब्रह्माण्डको पूर्णरङ्गिन तस्बिर सार्वजनिक गरेको छ ।
यो तस्बिरले ब्रह्माण्डको सबैभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ । यो तस्बिरमा हामीकहाँ आइपुग्न अरबौं वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाशसमेत खिचिएको नासाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा उक्त तस्बिर देखाइएको थियो ।
राष्ट्रपतिले भने, ‘यी तस्बिरहरूले अमेरिकाले ठूलो काम गर्न सक्छ भनेर विश्वलाई सन्देश दिने बताए । र यसले अमेरिकी जनतामा विशेष गरी हाम्रो नयाँ पुस्तामा हाम्रो सीमाभन्दा बाहिर केही छैन भन्ने विश्वास जगाउन गइरहेको छ ।’
१० अर्ब डलरको जेम्स बेभ स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यो प्रसिद्ध हबल स्पेस टेलिस्कोप भन्दा धेरै आधुनिक भएको बताइएको थियो ।



ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया