नासाले ब्रह्माण्डको पुरानो तस्बिर सार्वजनिक गर्यो

काठमाडौं । नासाले मंगलबार जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लोपटक खिचिएको ब्रह्माण्डको पूर्णरङ्गिन तस्बिर सार्वजनिक गरेको छ ।
यो तस्बिरले ब्रह्माण्डको सबैभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ । यो तस्बिरमा हामीकहाँ आइपुग्न अरबौं वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाशसमेत खिचिएको नासाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा उक्त तस्बिर देखाइएको थियो ।
राष्ट्रपतिले भने, ‘यी तस्बिरहरूले अमेरिकाले ठूलो काम गर्न सक्छ भनेर विश्वलाई सन्देश दिने बताए । र यसले अमेरिकी जनतामा विशेष गरी हाम्रो नयाँ पुस्तामा हाम्रो सीमाभन्दा बाहिर केही छैन भन्ने विश्वास जगाउन गइरहेको छ ।’
१० अर्ब डलरको जेम्स बेभ स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यो प्रसिद्ध हबल स्पेस टेलिस्कोप भन्दा धेरै आधुनिक भएको बताइएको थियो ।
ताजा अपडेट
-
साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’
-
फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्याे महालक्ष्मी विकास बैंक
-
ग्लोबल आइएमई बैंककाे ‘धान खेती कर्जा’ सार्वजनिक
-
वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रुपमा रोपाइँ हुन सकेन
-
पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
प्रतिक्रिया