बर्खास्त हुँदै सशस्त्रका एक इन्स्पेक्टर
काठमाडौं । आचरणविपरीतको कार्य गरेपछि सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सरकारले बर्खास्तको तयारी गरेको छ ।
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. प्रवीण प्रधानांग बिनाजानकारी जिम्मेवारी छाडेर सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले उनीमाथि कारबाहीको तयारी गरेको हो ।
प्रधानांगको कार्य तथा सीमा सुरक्षा विभागमा पोस्टिङ थियो । गृह मन्त्रालयका अनुसार, उनी गत पुस ९ गतेदेखि बिदा स्वीकृतबेगर अनुपस्थित छन् ।
सम्पर्क स्थापितका लागि पटक–पटकको प्रयास विफल भएपछि उनलाई सफाइ पेश गर्ने अन्तिम मौका दिएको र चित्त बुझ्दो जवाफ नआएमा सशस्त्रको नियमावलीअनुसार बर्खास्त गरिने गृह मन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा बिदा स्वीकृत नगराइ लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा प्रक्रिया पुर्याएर बर्खास्त गर्न सकिने प्रावधान छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया