राप्रपा निकट प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको अध्यक्षमा भण्डारी

विशाल श्रेष्ठ(दक्षिण कोरिया) – राष्ट्रीय प्रजातंत्र पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको महाधिवेशन कोरोना कहरलाई मध्यनजर गर्दै भर्चुअल माध्यम(जुम) बाट सन्जिव भण्डारीको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।
‘देश र धर्म जोगाउने अभियान प्रवासी नेपाली एकता समाज दक्षिण कोरिया महाधिवेशन’ भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त महाधिवेशनमा प्रमुख अतिथि धार्मिक अभियानता अभिषेक जोशी, बिशिष्ट अतिथि रमेश न्यौपाने, बिशेष अतिथि प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजबंशी तथा कोरियाको राजनिति, समाजिक र धार्मिक संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता थियो ।
सन्जिब भण्डारीको नेतृत्वमा ख्याम राज राउत, रामचन्द्र सुबेदी,समिरसिहं ठकुरी, लोकेन्द्र सुवेदी निर्वाचित भएका छन् । त्यस्तै, पारस राई उपाध्यक्षमा, महेशसिंह महरा र सन्दिप पराजुली महामन्त्रीमा ,कैलाश तामाङ र योगेश घिमिरे सहमहामन्त्रीमा, प्रवक्तामा मुक्ति अधिकारी, कोषाध्यक्षमा फुर्वा शेर्पा, सह कोषाध्यक्षमा बाबुराम बस्नेत निर्वाचित भएका छन् ।
त्यस्तैगरी केन्द्रीय सदस्यमा हरिप्रसाद गजुरेल, वासुदेव भण्डारी,मिलन कार्की, विकास मगर,मनिल बानियाँ, शिबराज शिग्देल,निराजन ढकाल, अर्जुन पौडेल, सन्तोष सिग्देल,अभिषेक रिमाल,बिजय कार्की, छविराज अधिकारी,दब भुसाल, बसन्त थापा,रबिन शाही,राजिव ग्यवालि,महेश महतरा, युवराज फुयाल,टिकाजग चन्द, सन्जय श्रेष्ठ,खेमु ढकाल, सरोज भण्डारी, योगेन्द्र भट्ट गरी ३७ जना सदस्यीय कार्यसमिती गठन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ नेतृत्व पाएपछि देश तथा विदेशमा पनि युवाहरुको आकर्षण बढीरहेको छ ।
दक्षिण कोरियामा प्रवासी नेपाली एकता समाजको केन्द्रीय महाधिवेशन भएलगत्तै संगठन बिस्तार तथा क्षेत्रीय अधिवेशन तयारी रहेको नवनिर्वाचित महामन्त्री सन्दिप पराजुलीले बताए ।
सनातन धर्म संरक्षणमा युवाहरु जुट्नु पर्ने देश र धर्म संकटमा रहेको त्यसलाई हामी बचाउनु लागि परेको अर्का नवनिर्वाचित महामन्त्री महेशसिंह महराले बताए ।
दक्षिण कोरियामा रहेका समान बिचार र आस्था भएका सम्पूर्ण कोरियाबासी नेपालीलाई प्रवासी नेपाली एकता समाज दक्षिण कोरियामा गोलबद्द हुनको लागि नवनिर्वाचित उपाध्यक्ष ख्याम राउतले अपिल गरे ।
प्रतिक्रिया