सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं । केही दिनयता लगातार घटेको सुनको मूल्य बिहीबार बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले। जनाएको छ ।
बुधबार सुन प्रतितोला ९४ हजार ३०० रुपेयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार एक सय रुपैया निर्धारण भएको छ ।
त्यस्तै बुधबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया