श्रीलंकामा देशव्यापी कर्फ्यु
कोलम्बो । श्रीलंकाका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन ।
निषेधाज्ञा लागू भएसँगै श्रीलंकालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया