श्रीलंकामा देशव्यापी कर्फ्यु
कोलम्बो । श्रीलंकाका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन ।
निषेधाज्ञा लागू भएसँगै श्रीलंकालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया