१६ घण्टा उड्नुपर्ने निगमका जहाज ९ घण्टामात्रै उड्छन्
काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय तर्फका दुई जहाज उडान क्षमताभन्दा कम उड्दा व्यवसायिक घाटा भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ ।
दुईवटा वाइडबडी जहाजको दैनिक उडान क्षमता १६ घण्टा हो । तर, ती जहाजहरू हाल ९ घण्टामात्रै सञ्चालनमा छन् । उक्त जहाज खरिद गर्नु पहिला निगमले पेस गरेको व्यवसायिक योजनामा जापान, साउदी अरेबिया, चीनको ग्वाङनाउ र दक्षिण कोरियामा उडान गरी सक्ने लक्ष्य लिइएको थियो । तर, उक्त व्यवसायिक योजना पेस गरेको ६ वर्ष बित्न लाग्दा पनि यो लक्ष्य पूरा हुन सकेको छैन ।
अर्कोतिर लक्ष्य पूरा नहुने र जहाज क्षमताअनुसार नउड्दा अपेक्षित आय प्राप्त हुन नसकेको महालेखाले औंल्याएको छ । जसकारण नेपाल सरकार जमानी बसी कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणको सावाँ ब्याजको किस्ता पनि निगमले भुक्तानी गर्न सकेको छैन ।
विमान पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निगमलाई महालेखाको सुझाव छ ।
निगमले उक्त वाइडबडी जहाज खरिदका लागि नागरिक लगानी कोषबाट १२ अर्बको ऋण लिएको छ । निगमले कोषलाई २०७५ देखि किस्ता बुझाएको छैन ।
५० अर्ब खर्च भएका विमानस्थलमा जहाज उड्दैनन्, छैन व्यावसायिक योजना
प्राधिकरणले ध्यान नदिँदा सञ्चालनमा नआएका विमानस्थलमा कतै घर बने, कतै धावनमार्गबाटै बाटो
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया