जुम्लामा घर भासियो, आमा र दुई छोराको मृत्यु
काठमाडौं । जुम्लाको घर भाँसिदा आमा र दुई छोराको मृत्यु भएको छ । हिमा गाउँपालिका–१, आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत् गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।
गएराति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्य छन् ।
विमला विद्युत् गृहका चौकीदार गोरेकबहादुरको श्रीमती हुन् । उनीहरू विद्युत् गृहभित्र सु्तिरहेका थिए ।
तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया