इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत
काठमाडौं (एजेन्सी) । अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन् ।
इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
दुवै नेताले आज इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् । यसले तेहरानसँगको विश्वव्यापी कूटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई पनि अन्त्य गर्नेछ ।
बुधबार इजरायली टिभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय’ का निम्ति वासिङटन खुला रहेको बताएका थिए ।
विश्व शक्ति राष्ट्रहरूले पनि इरानको वर्षौंदेखिको परमाणु हतियार विकासको चाहनालाई साकार पार्ने वातावरण बनाउन नहुनेमा जोड दिँदै उनीहरूले प्रतिरोधभन्दा समाधानको भावनाबाट प्रेरित भएर इरानको आणविक आकाङ्क्षालाई अस्वीकार गर्नुपर्ने अभिमत व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया