अमेजनले थप चार हजारभन्दा बढीलाई रोजगारी दिने
लन्डन । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ ।
अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पुर्याउनेछ ।
यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ति केन्द्रहरू खोल्ने तय गरेको छ ।
यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ ।
बेलायतमा तीन वर्षमा यो योजनासहित ४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ ।
अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भने, ‘स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं ।’ यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया